सहकारी प्रकरणमा गृहमन्त्री रहँदैमा लामिछानेसँग बयान लिने सम्भावना टर्दै
वि.सं.२०८१ असार २७ बिहीवार ०२:२७
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको बचत रकम अपचलनबारे गृहमन्त्रीको हैसियतमा संसदीय छानबिन समितिमा बयान दिने सम्भावना टर्दै गएको छ ।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले लामिछानेसँग बिहीबार छलफल गर्न चाहेको थियो । तर, लामिछानेले ब्यस्तताको कारण देखाएपछि पछाडि सारिएको समिति स्रोतले जनाएको छ ।
‘अब २८ गते पछाडि मात्रै लामिछानेसँग छलफल हुन्छ । तर, उहाँसँग छलफल गर्ने विषय प्रष्ट छ’, समितिका एक सदस्यले भने ।
२८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिमा पुगेकाले उनले विश्वासको मत नपाउने सम्भावना छ । प्रधानमन्त्रीले विश्वासको मत नपाए अर्को सरकार गठन प्रक्रिया सुरु हुन्छ । तत्कालै अर्को सरकार गठन भएमा लामिछाने पनि गृहमन्त्री रहने छैनन् ।









