मौवाखोला नजिकै पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

  • मौवाखोला नजिक सडकमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

    चितवनको इच्छाकामना-३ मा बिहान ५ बजेतिर पहिरो खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

    सडकमा लेदोसहितको पहिरो खसेको हो।

    सडक खुलाउन प्रयास भइरहेको यादवले बताए।

    उनकाअनुसार पहिरो पन्छाउन करिब २ घण्टा लाग्न सक्छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation