चितवन पहिरो दुर्घटनास्थलमा एकतर्फी सडक खुल्यो, कालीखोलामा अझै खुलेन
वि.सं.२०८१ असार २८ शुक्रवार ०३:२४
650
shares
shares

नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।
पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी इन्द्रदेव यादवले जानकारी दिए । सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् ।










