प्रधानमन्त्री नियुक्ति तथा शपथ विरुद्ध सर्वोच्चमा रिट (भिडियोसहित)

  • https://youtu.be/n5z4Jj3CPUI?si=goVh6xiBUP5T-8xQ
    नवनियुक्त प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति र शपथ संविधानको विपरित भएको भन्दै सर्वोच्चमा रिट दाएर भएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम नभएर संविधानको धारा ७६ को ३ बमोजिम राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गनुपर्नेमा ७६को २ बमोजिम नै प्रधानमन्त्री नियुक्ति गरेको भन्दै अधिवक्ताहरुले सर्वोच्चमा रिट दाएर गरेका हुन् ।

    अधिवक्ता खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।

    राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । संविधानको धारा ७६(३) बमोजिम सरकार बन्नुपर्छ र उक्त बनेको सरकारले ३० दिनभित्र विश्वासको मत नलिएमा ७६(५) बमोजिम सरकार बनाउनुपर्ने उनको भनाई छ ।

    भिडियोका लागि यो लिंकः प्रधानमन्त्री नियुक्ति र शपथ विरुद्ध सर्वोच्चमा रिट । के होला अब ?

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation