‘सिंहदरबार’का पण्डितको ‘आउनू जिरीमा’ सार्वजनिक

  • काठमाडौं– ‘रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरैमा’ बोलको ‘सिंहदरबार’ गीतबाट चर्चित हुँदै कर्णालीको गायक भनेर आफ्नो पहिचान बनाएका सुरज पण्डितको नयाँ गीत ‘आउनू जिरीमा’ सार्वजनिक भएको छ । जिरीका रमणिय दृष्यहरू प्रेमपूर्ण समेटिएको भिडियो सामग्रीसहित बिहीबार पण्डितले उक्त गीत सार्वजनिक गरेका हुन् ।

    कवि सौरभ कार्की र पण्डित स्वयंको शब्द रहेको गीतको कम्पोज पनि उनैले गरेका हुन् भने भिडियोमा मोहन जैशी र प्रिन्सा शाहीलाई फिचर गरिएको छ । गीतमा रुपि सिञ्जाली मगर र प्रेमा रानाले पनि सर्पोटिङ स्वर दिएका छन् भने योगेशकाजी शाहले म्युजिक एरेजमेन्ट गरेका हुन् ।

    रत्न बिकेले बाँसुरी, हेमन्त कञ्चन रसाइलीले सारङ्गीमा काम गरेका छन् । भिडियो छायांकन विजय भण्डारीले गरेका हुन् । सुरज पन्डित युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा मोहन जैसी तथा प्रानीसा शाहीको अभिनय देख्न पाईन्छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation