देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
वि.सं.२०८१ साउन ५ शनिवार ०३:३०
1.25K
shares
shares

सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।
बैठक भोलि मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्।
बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।












