नक्कली नोटसहित १ जना पक्राउ

  • गरेको छ । विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेको हो ।

    बिहीबार प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको ‘अन टेस्ट’ बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो ।

    गिरीको साथबाट नेपाली रु. १ हजार दरको  पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation