मधेसमा चट्याङसहित हुन सक्छ वर्षा, यस्तो रहने छ सोमबारको मौसम

  • सोमबार मधेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    आज राति देशभर बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले जनाएका छन् । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation