
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भोलि बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्ने भएकी छन् ।
यसका लागि उनी बुधबार दिउँसो साढे १२ बजे पुग्ने उनको सचिवालयले जनाएको छ । मन्त्री देउवाले त्यहाँ भइरहेका काम र सेवा प्रवाहबारे जानकारी पनि लिनेछिन् ।