
गएरातिको भारी वर्षाले काठमाडौं उपत्यकासहित बाहिरका केही ठाउँ जलमग्न भएका छन् । उपत्यकाका भक्तपुर ठिमी क्षेत्र, शंखमुल, थापाथाली खोला आसपासका क्षेत्र डुबानमा परेका छन् ।
उता, काभ्रेको बनेपा बजार पनि जलमग्न बनेको छ । पुलबजार, खड्पुलगायत चोक डुबानमा परेका छन् । नगरपालिकासँगै रहेको बसपार्क पनि पानीमा चुर्लुम्मै डुबेको छ । दीर्घकालीन समाधानको प्रयास नगरिँदा हरेक वर्ष बनेपाका केही क्षेत्र डुबानमा पर्दै आएको स्थानीयवासीले बताएका छन् ।
डुबानका कारण अनिको राजमार्गमा सवारी अवागमन प्रभावित बनेको छ । सो सडकहुँदै काठमाडौंबाट पूर्व जाने सवारी साधन सागा क्षेत्रमा रोकिएका छन् ।