
केही साता अस्ट्रेलिया बसेर फर्केकी गायिका समिक्षा अधिकारी हरितालिका तीजलक्षित कार्यक्रमको लागि जापान जाने भएकी छन् । उनले जपानका विभिन्न शहरमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा प्रस्तुति दिने बताइन् ।
दिदी सर्मीलासँग केही दिन बिताएर उनी आज बुधबार नेपाल फर्कंदैछिन् । जापान जानुअघि उनले केही गीतहरू रेकर्डसमेत गर्नेछिन् । पछिल्लो समय गीत रेकर्डिङमा निकै व्यस्त रहने गायिकाहरूमध्ये समिक्षा पनि एक हुन् । उनको आवाजमा तीजका थुप्रै गीत आउँदैछन् ।