सरकारले माग्यो चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन, अनुभव भए प्लस टु, नभए ब्याचलर पास हुनुपर्ने

455
shares

भुवन केसीको कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त मागेको छ । आज बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै तालुकदार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ दिनभित्र आवेदन दिन आव्हान गरेको हो ।

यो पदका लागि इच्छुक र मापदण्ड पुगेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । मापदण्डमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

यसैगरी, प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेकाले पनि आवेदन दिन पाउने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

प्रचलित कानुनबमोजिम नियुक्त हुन अयोग्य नठहरिएको हुनुपर्ने अर्को मापदण्ड छ । चलचित्र बोर्डको अध्यक्ष हुन इच्छुकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्न सक्छन् ।