गएरातिको भीषण वर्षापछि बागमती खोलामा आएको बाढी नेकपा एमालेको पार्टी कार्यालयमा पनि पसेको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालय जलमग्न बनेको हो ।
यो पनि..
पार्टी कार्यालय परिसरमा घुँडाघुँडा आउने गरी पानी जमेको छ । यसअघि साउन पहिलो साता पनि एमाले पार्टी मुख्यालय जलमग्न बनेको थियो ।
उक्त खोला आसपास रहेका घरहरूमा पनि पानी पसेको छ ।