बर्दघाट सुस्ता पश्चिम कारागारका प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८१ साउन १६ बुधवार १०:५४
767
shares
shares

नवलपरासी जिल्ला कारागार प्रमुख (बर्दघाट सुस्ता) पश्चिममा कार्यरत शाखा अधिकृत विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि बुधबार कर्णविरुद्ध अभियोग पत्र दायर गरेको हो।अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कर्णलाई एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनले ५ हजार रुपैयाँ पर्ने जुत्ता किन्न लगाएको र एक लाख २६ हजार ४ सय रुपैयाँ पर्ने टिभी खरिद गर्न लगाएको आरोप पत्रमा उल्लेख छ।













