रवि लामिछाने भन्छन् -मिडिया ’ट्रायल’ गृहमन्त्रालयको लागि घातक छ

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृहमन्त्रालय घातक भएको बताएका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन् ।

     

    उनले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृहमन्त्रालय घातक छ, गृहमन्त्री ज्यु बच्नुहोला, तपाईंलाई पनि मायाँ गर्ने मान्छेहरु छन्, मैले त धेरै काम गर्न सकेन, तपाईं सक्नुहोला तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोक छ । मिडिया ट्रायल प्रतिस्पर्धी रुपमा रहेका छन् । मिडियाले सुरुमा भन्छ माहोल बनाइदिन्छु त्यसपछि माहोल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छ , तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान छ,तागत छ र साहस पनि छ । ’

     

    उनले प्रहरीलाई छानविन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानविन गर्न सक्ने बताए । साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए ।

     

    उनले छानविनको लागि आवाज उठाउनु राम्रो भएको र हस्तक्षप नगरे छानविन प्रहरीले पनि राम्रो काम गर्ने बताए । साथै उनले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै गए सबै समस्याको समाधान हुने जिकिर गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation