पेरिस ओलम्पिकको क्वार्टरफाइनलमा भिड्दैछन् फ्रान्स र अर्जेन्टिना

  • पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलमा फ्रान्स र अर्जेन्टिना आमनेसामने हुँदैछन् ।

    प्रतियोगितामा अहिलेसम्म भएका तीन खेल जितेर आएको फ्रान्सको सामना एक खेल हारेको अर्जेन्टिनाले गर्ने छ ।

     खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे हुने छ । यो विश्वकप खेलिसकेको टिम नभएर २३ वर्षमुनिको टिमबीच हुन लागेको प्रतिस्पर्धा हो । यद्यपि, एक टिमबाट तीन जनासम्म खेलाडी २३ वर्ष नाघेका पनि देखिन सक्छन् ।

    समूह ‘ए’ को फ्रान्सले २४ जुलाईमा आफ्नो पहिलो खेलमा अमेरिकालाई ३–० गोलले पराजित गरेको थियो । २७ जुलाईमा भएको दोस्रो खेलमा गुनियालाई १–० गोलले हराएको फ्रान्सले ३० जुलाईमा न्युजिल्याण्डलाई ३ गोलले जितेको थियो ।

    समूह ‘बी’मा रहेको अर्जेन्टिना २४ जुलाईमा भएको समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–२ ले हारेको थियो । २७ जुलाईमा भएको दोस्रो खेलमा अर्जेन्टिनाले इराकलाई ३–० गोलले हरायो । ३० जुलाईमा भएको खेलमा युक्रेनमाथि अर्जेन्टिना २ गोलले विजयी भयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation