
पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुँदै छ । शुक्रबार साँझ ७ः४५ मा हुने खेलमा विजयी टिम सेमिफाइनलमा प्रवेश गर्ने छ । निकै शानदार प्रदर्शन गरिरहेका दुवै टिमबीचको खेल रोचक हुने अपेक्षा गरिएको छ ।
समूह चरणमा आफ्नो पहिलो खेलमा जापानले पाराग्वेलाई ५–० गोलले हराएको थियो । स्पेनले पनि आफ्नो पहिलो खेलमा उज्बेकिस्तानलाई २–१ गोलले पाखा लगाएको थियो ।
दोस्रो खेलमा जापान मालीमाथि १–० गोल र स्पेन डोमिनिकन रिपब्लिकमाथि १–३ गोलले विजयी भयो । तेस्रो खेलमा जापानले इजरायललाई १–० ले हराउँदा स्पेन भने इजिप्टसँग २–१ गोलले पराजित भएको थियो ।
प्रतियोगितामा अपराजित जापान र एक खेल हारेर आएको स्पेनबीच प्रतिस्पर्धा हुन लागेको हो ।