कतै जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मौसमी विवरण

  • आज शनिबार, छुट्टीको मौका पारेर कतै घुम्न निस्कँदै हुनुहुन्छ ? वा लामो यात्राको सोचमा हुनुहुन्छ ?

    त्यसो भए थाहा पाउनोस्, आजको मौसम पूर्वानुमान ।

    वर्षाको समयमा मौसमबारे जानकारी लिएर हिँडियो भने दुःख पाउने सम्भावना कम हुन्छ ।

    किनकि वर्षापछि बाढी, पहिरो र डुबानको खतरा बढ्छ । यस्तोमाझ यात्रा गर्नु पनि पनि खतरापूर्ण हुन्छ । मौसमको पूर्वानुमान विचार गरेर सतर्क रहेमा जोखिम भएको क्षेत्रमा पनि क्षतिको सम्भावना कम हुन सक्छ । त्यसैले आउनोस्, आज शनिबारको मौसमबारे जानौँ, यो जानकारी जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाका आधारमा तयार गरिएको हो ।

    शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अरु प्रदेशका पनि एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा आकाश गडगडाउँदै चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

    शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्छ ।

     

    बागमतीसहिमत कतिपय प्रदेशमा गएराति वर्षा भएको थियो । पछिल्लो साता काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा रातको समयमा दिनहुँजसो वर्षा हुने गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation