
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा आज शनिबार नेपालले भारतसँग खेल्दै छ । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको नेपालले आफ्नो दोस्रो म्याचमा भारतसँग खेल्न लागेको हो ।
यसअघि नेपालले शुक्रबार श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले पराजित गरी प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । भारतले यसअघि माल्दिभ्स र इरानलाई पराजित गरेको थियो ।
लिगमा राउण्ड रोबिन लिगमा सहभागी ५ राष्ट्रले खेलेपछि शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।