पेरिस ओलम्पिक फुटबल: फ्रान्स सेमिफाइनलमा, अर्जेन्टिना ‘आउट’

  • पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको छ ।

    प्रतियोगितामा अहिलेसम्म भएका तीन खेल जितेर आएको फ्रान्स अपराजित रहँदै अर्जेन्टिनामाथि विजयी भएको हो । योसँगै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
    यो विश्वकप खेलिसकेको टिम नभएर २३ वर्षमुनिको टिमबीच हुन लागेको प्रतिस्पधौ हो ।

    समूह ‘ए’ को फ्रान्सले २४ जुलाईमा आफ्नो पहिलो खेलमा अमेरिकालाई ३–० गोलले पराजित गरेको थियो । २७ जुलाईमा भएको दोस्रो खेलमा गुनियालाई १–० गोलले हराएको फ्रान्सले ३० जुलाईमा न्युजिल्याण्डलाई ३ गोलले जितेको थियो ।

    समूह ‘बी’मा रहेको अर्जेन्टिना २४ जुलाईमा भएको समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–२ ले हारेको थियो । २७ जुलाईमा भएको दोस्रो खेलमा अर्जेन्टिनाले इराकलाई ३–० गोलले हरायो । ३० जुलाईमा भएको खेलमा युक्रेनमाथि अर्जेन्टिना २ गोलले विजयी भयो ।

    हारसँगै अर्जेन्टिना फुटबलबाट पदक लिन असफल भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation