‘ई–सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब

  • नेपालकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी प्लाटफर्म ‘ई–सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ ।
    गुगलले प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि ईसेवा प्रयोगकर्ताहरु चिन्तित भएका छन् । सबैभन्दा धेरै भुक्तानीका लागि प्र्रयोग गरिने गरिएको इसेवा वालेट प्ले स्टोरबाट गायब भएपछि प्रयोगकर्ताहरुमा त्रास पैदा भएको छ ।
    एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट ई–सेवा एप गायब भए पनि आईओएसको एप स्टोरमा भने इसेवा एप यथावत रुपमा नै छ । धेरैले इसेवा अब बन्द हुन लागेको भनेर टिप्पणी समेत गरेका छन् ।
    ‘ई–सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन । यसबारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन् ।
    नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा ‘ई–सेवा’ चिनिन्छ । डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो । एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले जिज्ञासा राख्दै आएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation