
बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शाहउद्दीनले अन्तरीम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।
मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरू बीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो । यसअघि मङ्गलबार राष्ट्रपतिले बङ्गलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए ।
८४ बर्षिय युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।