कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
    गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्ठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन् ।
    महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्ठन निर्माणका विषयमा छलफल हुनेछ ।
    बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्ठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ ।
    पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीका कार्यक्रमहरूलाई लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation