टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर, सवार सबै जनाको मृत्यु
वि.सं.२०८१ साउन २३ बुधवार ११:०२
1.25K
shares
shares

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.–७ सूर्यचौरमा दुर्घटना भएको छ ।
स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।












