विद्यालयको बस दुर्घटना हुँदा ११ जना घाइते र एकजनाको अवस्था गम्भीर

वि.सं.२०८१ साउन २३ बुधवार १२:४१
234
shares
shares

बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । बस स्कुल बिदा भएर घर फर्किँदै थियो । प्रहरीका अनुसार उक्त बसमा चढेका ११ जना विद्यार्थीहरु घाइते भएका छन् । बसमा ३२ जना विद्यार्थी सवार थिए । घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको र एकजना विद्यार्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले बताए ।