बिहीबार नेप्से ६.७० विन्दुले बढेर २७६६.३८ अंकमा रोकिएको छ । आज २० अर्ब ७ करोड रूपैयाँभन्दा बढीको कारोबार भयो । कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर सर्किट लेभलमा पुग्यो । बिहीबार उतारचढाव देखिए पनि अन्ततः बजार बढेरै बन्द भएको हो ।
आज ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भयो भने १ अर्ब २० करोड रूपैयाँभन्दा बढी कारोबारसहित शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि देखियो ।