सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

2.12K
shares

साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संघीय मामिला मन्त्रालयको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।’
त्यस्तै नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एकजना निमित्त महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
साथै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।