नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छः मेयर महर्जन

  •   ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त  र दुरुस्त हुनुपर्ने  बताएका छन् । आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौं, त्यो भनेको  चाहीँ नगर प्रहरी चुस्त र दुरुस्त हुनैपर्छ, नगर प्रहरीले स्मार्ट हुनुपर्छ, दिएको  आदेश चाहीँ सफलपूर्ण पारेर आउनैपर्छ अनि मात्र काम हुन्छ । ’

    साथै उनले प्रहरीले सफल काम नगरे जनप्रतिनिधिको सुरक्षा महाभारत जस्तै हुने  जिकिर गरे । उनले नगर प्रहरीले राम्रो काम गरे मात्र जनप्रतिनिधिको पनि सम्मान हुने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation