सुनचाँदीको मूल्य वृद्धि
वि.सं.२०८१ साउन २५ शुक्रवार ०५:२०
897
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोवार भइरहेको छ ।











