हरेक वर्ष साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ । वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो । साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको पवित्र महिना भएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरु सकिन्छन् । हाम्रा जतिपनि चाडपर्वहरु छन् ति सबै किसान र कृषिसँग सम्बन्धित छन् ।
मुख्यगरी खेतीपातीको मौजारो गरिसकेपछि चाडपर्वलाई स्वागत गरिन्छ । मैजारो गरेर साउन १ गते मिठा खानेकुरा बनाएर खाने, रमाइलो गर्ने चलन छ । साउन १५ गते खीर खाने प्रचलन छ । खीरमा बढिजस्तो पोष्टिक तत्व रहेको हुनाले थाकेको शरीरले भोलिको दिनमा काम गर्न सकियोस् भनेर खीर खाने चलन चलेको हो । तर यो चलन सहरमा बसेकाहरुका लागि बनाइएको होइन । सहरमा बसेका मान्छेहरु सधैं खाइ नै रहेका हुन्छन् । विशेषगरी ग्रामीण इलाकामा बस्नेहरुलाई खीरको अलग्गै महत्व छ । साउन महिना हरियो चुरा लगाउन चलन छ । किनभने साउनभर पूरै पृथ्वी हरियो हुने र शीवजी खुशी हुने विश्वास छ । साउनको महिना शिवजीलाई बेलको पात नै चढाउने चलन छ ।
बेलको पातको महत्व धेरै नै छ । तर कसैले जानेर चढाउने गर्छन् भने कसैले नजानेर चढाउने गर्छन । बेलको पत्र हरियो छ, यसमा जहिले पनि तीनवटा पत्ता हुन्छन् । तर कसैमा दुईवटा पत्र नी हुन्छन् । खासगरी भगवान शिवलाई चढाउँदा तीनवटा पत्र भएको चढाउनुपर्छ । तीनवटा पत्रको भिन्नभिन्नै महत्व छ । जस्तै ः ठुलो एउटा पात हुन्छ र अरु बिचमा दुईवटा पात छन् । त्यो मध्ये पनि एउटा ठुलो अनि एउटा सानो हुन्छ । तर यसमा पनि डाँठ नभएको चढाउनु हुँदैन । एउटा ब्रम्हा, एउटा पात बिष्णु र अर्को पात महेश्वर हुन् ।
शिवजीको परिवारमा चार जनाको परिकल्पना गरिएको छ । बाबु शिव, आमा पार्वती, छोरा कार्तिक र कान्छाको नाम गणेश हो । शिवको महत्व सबैभन्दा ठुलो छ । सबैको एउटा एउटा बाहन छन् । शिवको बाहन–साँडे गोरु जो विस्तारै हिंड्छ । पार्वतीको बाहन, बाघ जो छिटो दौडिन्छ । जेठो छोरा कार्तिकको बाहन मजुुर जो छिटो उड्ने गर्छ । साथै कान्छो छोरा गणेशको बाहन मुसा जो विस्तारै हिंड्ने गर्छ । तर शिवजीले सबैलाई मिलाएर राखेका छन् त्यसैले उनीबाट हामीलाई धेरै कुरा सिक्न भनिएको हो ।
अब नाग पंचमीको महत्व पनि शिवजीसँग जोडिन्छ । शिवजीले आफ्नो गणनाका रुपमा सर्पलाई लिएका छन् । घाँटीमा सर्प लगाएर पनि शिवजी शान्त छन् । यसको अर्थ केहो भने, हाम्रो जुन वायूमण्डल र पृथ्वी छ त्यहाँ सूर्यको विकीरण आउँछ । विभिन्न धुँवाधुलो र समस्याले गर्दा गर्दाखेरी ओजन तह विस्तारै विस्तारै घटिरहेको हुन्छ । त्यहीँ ओजन तहलाई सर्पले सूर्यबाट आएको विकीरणलाई सर्पले सोसेर विषमा परिणत गर्ने गर्दछ । यो विज्ञानले पुष्टि गरेको कुरा हो । हिन्दुहरुले मरेको मान्छे जलाउने गर्छन । जलाउँदाको धुँवाले चाहीँ ओजन तहलाई टाल्ने काम गर्दछ । जलाउँदा पनि प्रकृतिले मान्छेले भलाइ गरिरहेको छ । विकीरणलाई नागले सोसेर लिन्छ । मानिसलाई जोगाउन सर्पले मद्दत गर्छ । शरीरमा विकीरण नै विकीरण र ब्याक्टेरियाहरु धेरै छन् । राम्रा ब्याक्टेरियाहरु पनि छन् जसले हामीलाई बचाएर राखेकापनि छन् । नराम्रा ब्याक्टेरियाहरु पनि छन् जसले शरीरलाई मार्न पनि खोजिरहेका छन् । शरीरमा भएका विकीरणहरुलाई सोसेर लिएर पनि सर्पले बचाइरहेको हुन्छ । जस करण पनि सर्पलाई बचाइराख्नुृपर्छ ।
विच्छी र सर्पले हाम्रो शरीरमा भएका खराब तत्वलाई लिने काम गर्छ । त्यसैले पनि सर्पलाई हामीले बचाइराख्नु पर्दछ । हिंड्दा टोक्छ, मार्छ छुट्टै कुरा भयो तर बचेर काम गर्नुपर्छ । बिना आक्रमण नगरी त सर्पले पनि मार्दैन् । सबै सर्पहरु विषालु नै हुन्छन् भन्ने पनि छैन् । नागको प्रकार केही फरक पनि हुन्छन् । टाउकोमा सिउरो भएको सर्पहरुलाई नाग भन्ने चलन छ ।
हिन्दु धर्ममा आठवटा नागको चाँही बढि महत्व दिइएको छ । विष्णु भगवानसँग शेषनाग मानिएजस्तै सबैको आफ्नो आफ्नो ब्याख्या गरिएको छ । शिवजीले पनि शत्रुबाट बचाउनका लागि घाँटीमा नागको प्रयोग गरेको देखिन्छ । हामी कागजमा नागको तस्वीर बनाएर टाँस्ने गर्छौं तर धातुको नाग बनाएर राखन सके राम्रो हुन्छ ।
नागको आकार र स्वरुप फरक फरक हुन्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशाा हुन्छन् । प्रत्येक तीन महिनामा नागको शिर फरक फरक हुन्छ । अहिले उत्तरतिर छ भने पश्चिमतिर नाग फर्काउनुपर्ने हुन्छ । टाँसेको नाग त फर्काउन सकिँदैन् । धातुको नाग बनाएर राख्यौं भने फर्काएर पूजा गर्न मिल्छ । नागको पूजा गर्दा धुप बाल्न हुँदैन् । किनकी धुपले त सर्प भाग्छ । सर्पलाई रातो मन पर्दैन सेतो मन पर्छ । कपास मन पर्छ । सर्पका लागि मह विष हो दुध चढाउने चलन छ । खैनी पनि त्यत्तिकै विष हो । मानिसलाई प्यारालाइसिस हुनुको कारण सर्पसँग सम्बन्धित छ ।
। शरीरमा सर्पको भूमिका बढि भएको मानिसहरुलाई कुण्डलीको १२ कोठा मध्ये ६ कोठा खाली भयोभने कालसर्प देखिने र मानिसलाई प्यारालाइसेस भएको मानिन्छ । इको सिस्टमका कारण पनि नागको महत्व भएको हो । साउन महिनाभरी मानिसले प्रकृतिको पूजा गरिरहेको कारण इकोसिस्टमकै कारण हो । कंक्रिट भवनहरु बनाएर मात्र प्रकृतिको पूजा हुँदैन् । मान्छे मासिएपछि कति वर्षपछि बल्ल घर ढल्छन् अनि विध्वंस हुन्छ । अनि मात्र प्रकृति आफ्नो ठाउँमा आउँछ ।
पातलमा नागहरु धेरै बस्छन भनिन्छ । किनकी पातलमा वा जहाँ धेरै समुन्द्र छ त्यहाँ धेरै बस्ने हो । वास्तविक वा साँच्चिकै नाग नेपाल पाइँदैन भनिन्छ । नागको पूजा गर्दा विषेशगरी कपास प्रयोग गर्नुपर्ने हुन्छ । दुध चडाउँछौं । धान भुटेर लाभा चढाइन्छ । सेतो फूल नागलाई बढी मन पराउँछ । कालो सर्पको पूजा गर्दा नौं वटा नागहरु बनाएर बीचमा तामा, सुनको जे भएपनि काली नाग बनाएर राखिन्छ । खोलामा लगेर बगाउनुपर्छ । र नागको नृत्य गर्ने पनि चलन छ । प्राय जेष्ठको महिनमा आँदी आउँछ । तेर्सो खालको विजुजी चम्किन्छ । हावाले गर्दा मकै लड्छन् । हाम्रो काभ्रेको पनौतिको विशेष महत्व छ । पानी र हावाले पनौतिलाई असर गर्दैन भनिन्छ । त्यहाँ कुनै नाग थियो । कुनै तान्त्रिकले समातेर लग्यो तर वर्षमा एक पटक चाँही नाग त्यहाँ आउँछ भन्ने मान्यता छ । त्यसैले पनौतिमा भुँईचालो आएपनि घर भत्किदैन । नागले रक्षा गरेको छ भन्छन् ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । प्रत्येक घरमा नाग रहेका हुन्छन् भनिन्छ । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)