काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल पठाइएको हो ।
हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसहित ७ जना अहिले प्रहरी परिसर भद्रकालीमा छन् ।
पाठकले एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही हुनुपर्ने माग गर्दै आएकी छिन् । अहिले भने पाठक विवादमा आएपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् ।
सोही क्रममा उनीमाथि हातपात भएको प्रहरीले बताएको छ ।












