राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
वि.सं.२०८३ असार २ मंगलवार १२:०५
481
shares
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।
अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकको प्रहरीको नियन्त्रणमा रहेको सुरक्षा स्रोतले बतायो । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।
अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।













