माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation