नेपाल वायु सेवा निगमका पदाधिकारीसँग मन्त्री पाण्डेले गरे छलफल

नेपाल वायु सेवा निगमका पदाधिकारीसँग मन्त्री पाण्डेले गरे छलफल

1.31K
shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमको सुधारबारे नेपाल वायु सेवा निगमका पदाधिकारीसँग छलफल गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजा वाहक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिएका हुन् । छलफलका क्रममा मन्त्री पाण्डेले भने,राष्ट्रिय ध्वजावाहक विमान आम नेपाली जनताको गर्व गर्न लायक सम्पत्ति बन्न पर्छ। त्यसका लागि वायुसेवा निगमले जिम्मेवार भएर काम गर्नु प¥यो। काम गर्दा कहीँ कतै नीतिगत कठिनाइ भएमा मन्त्रालय सदैव सहयोग गर्न तयार छ । मन्त्रालयका सचिव गणेश पाण्डेसहितको आन्तरिक छलफलका क्रममा उनले ग्राउन्डेड भएका रिचेकका लागि इटली पठाएको न्यारो बडीका विषयमा समेत जानकारी लिएका थिए। साथै उनले छिट्टै चाडपर्व नजिक आइरहेको अवस्थामा टुईनेटर विमानको यथाशीघ्र मर्म र सम्भार गर्दै दुर्गम क्षेत्रमा सेवा दिन निर्देशन समेत दिए । मन्त्री पाण्डेले नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिँदै नेपाल वायु सेवाका विभिन्न अन्तर्राष्ट्रिय उडान भर्ने सम्भावनाका विषयमा समेत छलफल गरेका थिए ।