सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका छन् : गृहमन्त्री लेखक

  • आज (शनिबार) ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि : ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री रमेश लेखकले भने– सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका रहेको बताएका छन् । उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन् ।
    उनले भने, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्दका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्दको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौं भने बलात्कारलाई देशमा कम गर्न सक्छौं ।’
    साथै उनले अहिलेको विधेयक पीडितमैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताए । यस्तै गृहमन्त्रीले कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए । उनले पीडकको पीडा पीडितले मात्र बुझ्ने दावी गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation