होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री लामा

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले होटल व्यवसायीलाई सकारात्मक रुपले हेर्नुपर्ने बताएका छन् । आज (शनिबार) एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले काम गर्ने सबैलाई नकारात्मक रुपमा हेर्न नहुँने बताएका हुन् । उनले भने, ‘हामीले होटल व्यवसायीहरुलाई राम्रो तरीकाबाट हेर्नुपर्छ, काम गर्ने सबैलाई नकारात्मक रुपले हेर्छौं, यसलाई सकारात्मक दृश्टिकोणले हेर्नका लागि हामीले राम्रा उपायहरु गर्नुपर्छ भन्ने नै हो । यसमा राज्यले शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्छ, शान्ति सुरक्षा, सुशासन नभए कुनै पनि व्यवसायीहरु फस्टाउन सक्दैनन् ।’ साथै, उनले सबैभन्दा पहिले बागमती प्रदेश सरकारले शान्ति सुरक्षाको लागि व्यवस्थित रुपमा व्यवसायीहरुको प्रत्याभूति जोगाउने बताए । उनले होटल व्यवसायीहरुलाई प्रोत्साहित गर्न सके पर्यटनको क्षेत्रलाई अझ व्यवस्थित गर्न सक्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation