
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा ¥याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ । माइतीघरबाट सुरु भएको र्याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटोमै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ ।