जनतालाई स्विकार्दै पछि हटे हर्क साम्पाङ

455
shares

धरानका मेयर हर्क साम्पाङले जनताको आवाजलाई स्विकार्दै खानेपानी महशुल वृद्धिको आन्दोलनरत रहेका १० दलका प्रतिनिधिहरुसँगको छलफलमा आन्दोलनकारीको मागलाई सम्बोधन गर्दै आफु जनताको लागि काम गर्दै आएको प्रमाणित गरेका छन् । केहि समयअघि मात्रै आदिवासी जनजाति दिवसको दिन एक कार्यक्रममा बोल्दै साम्पाङले धरानवासीको हितमा काम नगरेको भए आफुले राजीनामा दिन तयार भएको बताएका थिए ।

उनले धरानवासीलाई छातीमा हात राखेर एकपटक आफुले गरेको कामको मुल्याङ्कन गर्न समेत आग्रह गरेका थिए । त्यस्तै उनले कार्यक्रममै जलाधार बेच्नका लागि परेका दलहरु अझै पनि धरानमा रहेको जिकिर समेत गरेका थिए । उनले २० रुपैयाँ तिर्न नसक्नेले धरानको उन्नति कसरी गर्न सक्छ भन्दै प्रश्न समेत गरेका थिए । आफुले जति गरेपनि जनताले नबुझेको भन्दै आन्दोलनरत रहेका १० दलाका प्रतिनिधिलाई वार्ताका लागि आह्वान गरेका थिए । सोहि आह्वान अनुसार आइतबार साँढे २ बजेदेखि सुरु भएको वार्ता बेलुकी अबेरसम्म भएको थियो । उक्त वार्तामा खानेपानीको महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए । यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।
उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना दिएका थिए ।