
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित बनेका छन्।
हेटौंडा अस्पताल सञ्चालनसहित फार्मेसी, बिएससी नर्सिङ, बिएससी ल्याबोरेटोरी मेडिसिन र पब्लिक हेल्थ अध्यापन गराउँदै आइरहेको प्रतिष्ठानका ३० जना प्राध्यापक पठनपाठन बन्द गराउने चेतावनी दिएर आन्दोलनमा होमिएका हुन् ।
प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न दरखास्त आह्वान गरिएपछि उनीहरु फेरि आन्दोलनमा उत्रेका हुन्। २०८१ साउन १४ मा दरखास्त आह्वान गरिएको छ।