जनार्दनले लिखित धारणा राख्नुभएको हो, फरक मत हाेइन : प्रचण्ड

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको र एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले स्थायी समितिको बैठकमा केही सदस्यहरूले भिन्न ढंगले धारणा राखेको बताएका हुन् । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए ।

    ‘स्थायी समितिमा कमरेड जनार्दन शर्माले लिखित रूपमा राख्नुभएको थियो । उहाँले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । तर बाहिर के हो रु भन्ने आशंका र तरंग पैदा भयो, उनले भने । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्नेकुरा नेतृत्वबाट नभनिएको उनले बताए । अध्यक्ष प्रचण्डले स्थायी समितिको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको प्रचण्डको स्वीकारोक्ति थियो । उनले जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रहसमेत गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation