आन्दोलनबाटै भ्रष्ट नेताहरूलाई बिदा दिनुपर्छ : राणा

  • देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दुवादी र राष्ट्रवादीहरू एक ठाउँ उभिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् ।
    ‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ । विद्यमान सम्पूर्ण कमी कमजोरी अन्त्य गरेर अघि बढ्न राजावादी, हिन्दुवादी र राष्ट्रवादीको एकता आवश्यक भएको छ । देश र समाजलाई सङ्कटमुक्त गर्न राप्रपा दत्तचित्त भएर अघि बढेको छ, हामी लक्ष्य प्राप्त नगरेसम्म विश्राम लिँदैनौँ,’ राप्रपाका संगठन विभाग प्रमुखसमेत रहेका राणाले शनिबार भने ।
    कागेश्वरी मनहरा नगर समिति अध्यक्ष मनिराम सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाले काठमाडौँ उपत्यका केन्द्रीत संगठन विस्तार कार्ययोजना अनुसार आन्दोलनलाई सफल तुल्याउन प्रत्येक वडाबाट कम्तीमा दशजना जुझारु युवा तयार गर्न स्थानीय इकाईलाई आह्वान गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation