वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १६ लाख बढी ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ३२ वर्षीय सुरेश राना तथा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३३ वर्षीय राजेश विष्ट रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
    सुरेशले आठजना पीडितबाट रु १५ लाख ९३ हजार पाँच सय र राजेशले एकजना पीडितबाट रु एक लाख ८० हजार ठगी गरेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौँ गौशालाबाट पक्राउ गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation