साफ यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालको जित
वि.सं.२०८१ भदौ २ आइतवार १२:०९
1.73K
shares
shares

घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको हो। जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ। नेपालका लागि निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजनले २३औं मिनेटमा गोल गरेका थिए।
खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो। जसकारण प्रतियोगिताकै कमजोर मानिएको श्रीलंकाविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपर्यो।
नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ।













