खानेपानीको पाइप लिक हुँदा भासियो बानेश्वरबाट शंखमुल जाने सडक

806
shares

काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । आइतबार बानेश्वरबाट शंखमुल जाने सडक भासिएको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरीका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो भएपछि सानो भ्वाङ देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको र बेलैमा नदेखिएको भए ठूलो दुर्घटना पनि हुनसक्ने नगर प्रहरीले बताए दिए ।

काठमाडौँका सडकहरु एकपछि अर्को भासिन थालेका छन् । केहि समय अगाडि कमलादी र ललितपुरमा पनि सडक भासिएका थिए ।