
आज श्रावण शुक्ल पूर्णिमा : जनै र हातमा डोरा किन लगाउने ?
भोलानाथ घिमिरे
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको अलग्गै महत्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । घर घरमा पनि पूजा आराधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर नेवार समूदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरुले विशेषगरी क्वाँटी पूर्णिमा भन्छन् ।
जनै पूर्णिमामा ऋषिहरूको पूजा गरिन्छ । ऋषि भनेको रिसर्चर हुन । ऋषिहरूले बाँच्नको लागि हाम्रो शास्त्रहरूलाई आधार मानेर विभिन्न विधिहरु तयार गरेका छन् । वेद, कर्मकाण्ड ऋषिहरूले नै लेखेका हुन् । कष्यप, विश्वामित्र, अत्रि, गौतम, भारद्वाज, वाशिष्ठ लगायतका ऋषिहरूको पूजा हुन्छ । ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु भएपनि सबैले जनै लगाउँदैनन् ।
बाहुन र क्षेत्री बाहेक अरुले जनै नै लगाउँदैनन् । गिरि, क्षत्री वर्गमा पर्नेहरु प्रायजसोले जनै लगाउँदैनन् । हिजोआज त ८० प्रतिशत बाहुनले जनै लगाउँदैनन् । किनभने हामीले जनैको महत्व बुझाउन सकेका छैनौं । हाम्रो सबैभन्दा ठूलो मन्त्र गायत्री मन्त्र त्यसको महत्वको बारेमा बुझाउन सकेनौ । त्यो कमजोरी हाम्रो हो । ऋषिहरूले धेरै शास्त्र छाडेर गएकाले त्यसलाई सम्झना मात्र गर्नसके राम्रो हुन्छ ।
डोरा लगाउने भन्दैमा पसलबाट किनेर लगाउँदैमा हुँदैन् । त्यसका लागि रुद्री गर्नुपर्छ, शिवजीको रुद्री गरिन्छ, मन्त्र पढिन्छ । त्यसपछि मात्र डोरोलाई प्रसादको रुपमा लिने हो । तर अहिले बिहान ३ बजे मन्दिरमा कोही मान्छे पुग्छ, बाहुनको बस्त्र लगाएको जुनसुकै जातको व्यक्तिसँग डोरा बानिन्छ । कसैलाई मतलव छैन् । वस्त्रमा लगाउँदैमा बाहुन भइँदैन संकल्प पनि गर्न जान्नुपर्छ । ३ बजे मन्दिरमा जान्छ न मुख धुन्छ, न नुहाउँछ त्यस्ता मान्छे गएर दिनभर डोरा बानेर बस्छ । त्यो डोराको के महत्व हुन्छ । तपाईको आफ्नो बाहुन छ, घरमा आउँछ भने डोरा लगाउनु नत्र नलगाए पनि हुन्छ ।
कुरा यत्ति हो हामीले जनै सँधै लगाउनुपर्छ । ऋषिको पूजा गर्दा दाँया पट्टी र पितृको पूजा गर्दा बाँया पट्टी लगाउनुपर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरूले के पत्ता लगाएको थियो भने गाईभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन् भन्ने हिसाबले नै गाईको पुच्छरमा बाँध्नु भनेको हो । जसका कारण हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।
तुलसी भारद्वाज निरौला
जनै लगाउने र नलगाउनेबीच केही भिन्नता हुन्छ । जनै लगाउने तागाधारीहरु र नलगाउनेहरूको खानपान एकदमै फरक हुन्छ । जनै लगाउनेहरूमा कब्जियतका संकेतहरु बढी हुन्छन् । पुरुषहरुको भित्रि आँखामा जनै पूर्णिमाको महत्वलाई नबुझेर अहिले अपराधिक घट्ना बढेको छन् । जनै लगाउने भनेको उपनयन गरेपछि हो । उपनयन भनेको भित्रि आँखा हो । भित्रि आँखा भनेको यो गर्न हुने–नहुने भन्ने छुट्याउनु हो ।
जनै फेर्ने भनेर जनै शब्द आयो । पूर्णिमा तिथिमा मनाउने पर्व भएको भएर पूर्णिमा भन्ने शब्द आयो । यसमा पनि रक्षा बन्धन, रक्षा सुत्र भन्ने हुन्छ । रक्षा सुत्र धार्मिक पद्धति हो । रक्षा सूत्रसँग रक्षा बन्धन जोडिने भएकाले यसको विशिष्ट मान्यता छ । पौराणिक कालसँग जोडेर हेर्ने हो भने इन्द्र इन्द्रायणी, वृहस्पति ग्रहले रक्षा सूत्रलाई जगाएर इन्द्रायणी मार्फत अलग्गै व्याख्या गरेको छ । इन्द्र लगाएर युद्ध जितेको हुनाले श्रीमतीलाई रक्षा सुत्र लगाएर काममा पठाउने भन्ने अर्थमा रहेको मानिन्छ । पछिल्लो समय यमुना यमराजसँग जोडिएर बहिनीले दाजुलाई दाजुले बहिनीलाई रक्षा सुत्र लगाएपछि यसले राम्रो गर्छ भन्ने धार्मिक मान्यता छ ।
कतिपय अवस्थामा विश्वासको कुरा पनि हुन्छ । म रक्षा सूत्रमा बाँधिएको छु, म युद्ध लड्न योग्य छु भन्ने विश्वास हुन्छ । रक्षा सूत्रले राम्रो गर्छ भन्ने आत्मबल पनि बढाउँछ । मैले रक्षा बन्धन बाँधेको छु, म सुरक्षित छु भन्ने आत्मबल बढ्छ । र हाम्रो पहिचान पनि हो यो । हामी हिन्दु भनेर भन्छौं तर यसो हेर्दा पनि पहिचान चाँही केही पनि छैन् ।
अहिले रक्षाबन्धनको समयमा घरमा बेसारले भिजाएको डोरो भन्दा बजारबाट किनेर ल्याए सजिलो हुन्छ भनेर सजिलोको लागि बजारबाट किनेको राखीको प्रयोग गरिन्छ । तर त्यो बजारबाट ल्याएको राखीलाई पनि विधि पु¥याएर मन्त्र पढेर लगाउने हो भने राम्रो हुन्छ ।
हुन त सनातनकै पद्धती हो । यमुनाले यमराजलाई लगाएको भनेर सुरु भएको हो । सबै धार्मिक पद्धती नै हो तर कतिपय पद्धतीहरु कुनै ठाँउमा धेरै मानिन्छ कुनै ठाँउमा मानिदैन । नेपालको कुरा गर्ने हो भने बाहुनले घर घरमा आएर डोरो बान्ने चलन बढि थियो, अहिले पछिल्लो समयमा राखी बान्ने भारतबाट चलन आएको छ । यसलाई त्यति ठूलो विकृति भन्न मिल्दैन । डोरो बान्ने चलन वर्तमान समयमा आएर राखीमा परिणत भएको हो ।
जनैपूर्णिमाको दिन क्वाटी खाने चलन पनि छ । नेपाल कृषिप्रधान देश हो, यहाँ दिनभर काम गरेर हाम्रो शरिर कमजोर भएको हुन्छ । क्वाँटीमा धेरै थरीका गेडागुडी भएकाले प्रोटिनहरू बढी हुन्छ । त्यसले हाम्रो शरीरमा उर्जा जगाउने काम गर्छ । असार, साउनका काम गरेको सबै थकान कम गर्नको लागि पनि क्वाँटी खानु राम्रो हुन्छ । यो एकदमै राम्रो पद्धती हो । जनैपूर्णिमा मात्र होईन, हामीले मान्ने सबै प्रकारको चाडपर्वमा राम्रा वैज्ञानिक आधारसहितका पद्धतीहरु रहेका छन् ।
०००
वास्तविक अर्थ भनेको भिजाएका गेडागुडीको झोल त्यो खाने, उम्रिएको बिउलाई झोल बनाएर खाएपछि शरिरमा तागत प्राप्त हुन्छ । नाग पञ्चमी बर्षा सकियो पनि भन्ने गरिन्छ, त्यो हुदाँ हामीलाई शरिरलाई चाहिने तत्वहरु थपेको हो ।
एउटा मान्छे जन्मियो त्यसले रिसर्च गर्दै गयो, त्यो मरेर गयो, त्यसलाई अर्कोले सुरु गर्यो त्यो हुदाँ हुदैँ कुनै युगमा गएर पूर्ण भयो । त्यसको नाम हो ऋषि अहिले अंग्रेजीमा रिसर्च भयो, यति मात्र कुरा हो । त्यसकारण तीनै ऋषिहरूको पूजा गरिन्छ ।
ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु छन्, ती वर्णका व्यक्तिहरुले जनै फेर्ने तरिका फरक हुन्छ कि एउटै हुन्छ रु
पूजा गर्दा जनै लगाउँछौ, क्रिया बस्दा पनि लगाउँछौ किन रु हामीले शुभ कार्यमा लगाउने र क्रिया बस्दा लगाउने जनै फरक हुन्छ रु
रक्षाबन्धनको कुरा गर्दा दिदीबहिनी दाजुभाइको सम्बन्धको हो रु
हाम्रो चाडपर्व जति पनि छन् त्यो सबै भेटघाट होस भनेर हो । अब यस्तो समय पनि थियो कि वर्षमा एकदिन पनि पेटभरी खान पाउदैनन् थिए बुहारीहरूले बुहारीको लागि बनाइ दिएको चाड हो तीज, अहिले यसमा यति धेरै विकृति आयो असार देखि दर खान थाल्ने, वर्षमा एकदिन पनि मिठो खान नपाउने, पेटभरि खान नपाउने मान्छेहरुको लागि एकदिन माइतीघर गएर खान पाओस् भनेर बनाएको चाड हो तीज त्यसमा अहिले विकृति आयो ।
हामीले जुन लगाएको डोरो छ त्यो गाईको पुच्छरमा लगाउने चलन छ, किन रु
लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा त्यो बान्ने चलन छ । ऋषिहरूले के पत्ता लगाएको थियो भने गाईभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन् भन्ने हिसाबले नै गाईको पुच्छरमा बाँध्नु भनेको हो । त्यो पछि हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।
हाम्रो हिन्दु धर्म ग्रन्थले काटमारलाई मान्यता दिएको छ रु
बलि प्रथा छ, किनभने दशैको चण्डीको पुस्तकमा स्पष्टसँग ले बलि प्रथाको कुरा छ । त्यसमा कुभिन्डो काटे पनि हुन्छ, मासको मस्यौरा बनाएर चढाए पनि हुन्छ । भनेर भनेको छ बलिको कुरा छ ।
बुद्ध धर्म मान्नेहरूले पनि जनैपूर्णिमा पूजा गर्ने गर्छन् रु
हामीभन्दा उनीहरु अझै अगाडि हुन्छन् । उनीहरुको पक्ष अझै राम्रो छ ।
नेपालको जुन प्रधानमन्त्रीहरु भइरहेका छन्, अहिलेको प्रधानमन्त्रीको कुण्डली हेर्नु भएको छ कि छैन् थाहा छैन् तर भावी प्रधानमन्त्रीको रुपमा को देख्नु हुन्छ रु
यसमा धेरै बोल्न चाहन्न तर के भन्छु भने राष्ट्रको राष्ट्राध्यक्ष हुनको लागि विधवा राष्ट्रपति भएको दिनदेखि हाम्रो नेपालमा एउटा दशा सुरु भयो, त्यो बनाउन हुँदैन् थियो । बिहे नगरि बसेको कुमारलाई बनाउन पायो, र अहिलेको प्रधानमन्त्री भनेको के हो भने अपुत्र सन्तानहीन त्यस्तो मान्छे प्रधानमन्त्री हुनु भनेको देशलाई हानिकारक हो, घातक हो ।
अब प्रचण्डको कुरा गर्ने हो भने पुत्र शोक परेको मान्छे, छोरा मरिसकेको छ, छोरा मरेको मान्छेको कहिले पनि मनस्थिति ठिक हुँदैन् । भनेपछि यो तीनै जनाले चलाउन सक्दैनन् । बाकी कुरा अन्तरजातीय विवाह गर्ने मान्छेले राज्य चलाउन सक्दैनन् । त्यसको धर्म छँदै छैन् । हाम्रो धार्मिक देश हो नि त, धर्म संस्कारभन्दा बाहिरको कुरा भयो, भनेपछि कुन प्रधानमन्त्रीको कुरा गर्ने त्यसले गर्दा नेपालको राजनीतिमा अप्ठयारो अवस्था त जहिले पनि सिर्जना भइ नै रहन्छ ।
वास्तविक अर्थ भनेको भिजाएका गेडागुडीको झोल त्यो खाने, उम्रिएको बिउलाई झोल बनाएर खाएपछि शरिरमा तागत प्राप्त हुन्छ । नाग पञ्चमी बर्षा सकियो पनि भन्ने गरिन्छ, त्यो हुदाँ हामीलाई शरिरलाई चाहिने तत्वहरु थपेको हो ।
एउटा मान्छे जन्मियो त्यसले रिसर्च गर्दै गयो, त्यो मरेर गयो, त्यसलाई अर्कोले सुरु गर्यो त्यो हुदाँ हुदैँ कुनै युगमा गएर पूर्ण भयो । त्यसको नाम हो ऋषि अहिले अंग्रेजीमा रिसर्च भयो, यति मात्र कुरा हो । त्यसकारण तीनै ऋषिहरूको पूजा गरिन्छ ।
ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु छन्, ती वर्णका व्यक्तिहरुले जनै फेर्ने तरिका फरक हुन्छ कि एउटै हुन्छ ?
पूजा गर्दा जनै लगाउँछौ, क्रिया बस्दा पनि लगाउँछौ किन ? हामीले शुभ कार्यमा लगाउने र क्रिया बस्दा लगाउने जनै फरक हुन्छ ?
रक्षाबन्धनको कुरा गर्दा दिदीबहिनी दाजुभाइको सम्बन्धको हो ?
हाम्रो चाडपर्व जति पनि छन् त्यो सबै भेटघाट होस भनेर हो । अब यस्तो समय पनि थियो कि वर्षमा एकदिन पनि पेटभरी खान पाउदैनन् थिए बुहारीहरूले बुहारीको लागि बनाइ दिएको चाड हो तीज, अहिले यसमा यति धेरै विकृति आयो असार देखि दर खान थाल्ने, वर्षमा एकदिन पनि मिठो खान नपाउने, पेटभरि खान नपाउने मान्छेहरुको लागि एकदिन माइतीघर गएर खान पाओस् भनेर बनाएको चाड हो तीज त्यसमा अहिले विकृति आयो ।
हामीले जुन लगाएको डोरो छ त्यो गाईको पुच्छरमा लगाउने चलन छ, किन ?
लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा त्यो बान्ने चलन छ । ऋषिहरूले के पत्ता लगाएको थियो भने गाईभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन् भन्ने हिसाबले नै गाईको पुच्छरमा बाँध्नु भनेको हो । त्यो पछि हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।
हाम्रो हिन्दु धर्म ग्रन्थले काटमारलाई मान्यता दिएको छ ?
बलि प्रथा छ, किनभने दशैको चण्डीको पुस्तकमा स्पष्टसँग ले बलि प्रथाको कुरा छ । त्यसमा कुभिन्डो काटे पनि हुन्छ, मासको मस्यौरा बनाएर चढाए पनि हुन्छ । भनेर भनेको छ बलिको कुरा छ ।
बुद्ध धर्म मान्नेहरूले पनि जनैपूर्णिमा पूजा गर्ने गर्छन् ?
हामीभन्दा उनीहरु अझै अगाडि हुन्छन् । उनीहरुको पक्ष अझै राम्रो छ ।
नेपालको जुन प्रधानमन्त्रीहरु भइरहेका छन्, अहिलेको प्रधानमन्त्रीको कुण्डली हेर्नु भएको छ कि छैन् थाहा छैन् तर भावी प्रधानमन्त्रीको रुपमा को देख्नु हुन्छ ?
यसमा धेरै बोल्न चाहन्न तर के भन्छु भने राष्ट्रको राष्ट्राध्यक्ष हुनको लागि विधवा राष्ट्रपति भएको दिनदेखि हाम्रो नेपालमा एउटा दशा सुरु भयो, त्यो बनाउन हुँदैन् थियो । बिहे नगरि बसेको कुमारलाई बनाउन पायो, र अहिलेको प्रधानमन्त्री भनेको के हो भने अपुत्र सन्तानहीन त्यस्तो मान्छे प्रधानमन्त्री हुनु भनेको देशलाई हानिकारक हो, घातक हो ।
अब प्रचण्डको कुरा गर्ने हो भने पुत्र शोक परेको मान्छे, छोरा मरिसकेको छ, छोरा मरेको मान्छेको कहिले पनि मनस्थिति ठिक हुँदैन् । भनेपछि यो तीनै जनाले चलाउन सक्दैनन् । बाँकी कुरा अन्तरजातीय विवाह गर्ने मान्छेले राज्य चलाउन सक्दैनन् । त्यसको धर्म छँदै छैन् । हाम्रो धार्मिक देश हो नि त, धर्म संस्कारभन्दा बाहिरको कुरा भयो, भनेपछि कुन प्रधानमन्त्रीको कुरा गर्ने त्यसले गर्दा नेपालको राजनीतिमा अप्ठयारो अवस्था त जहिले पनि सिर्जना भइ नै रहन्छ ।