साफ यु–२० च्याम्पियनसिप : बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

  •  

    काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा मंगलबार समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

    आज हुने खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

    जारी च्याम्पियनसिपमा बंगलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो । श्रीलंकाले भने दोस्रो खेल खेल्दैछ ।

    श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ ।

    श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रह्यो भने पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ । नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

    सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको थियो ।

    ०००

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation