फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

  • जापानको प्रसिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको हो ।

    नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न गरको हो । टोलीले नेपालको राष्ट्रिय झण्डाका साथै पार्टीको ब्यानरसमेत टाकुरामा पुर्याएको थियो । टोलीमा सो समितिका इन्चार्ज सञ्जीव राई, सचिव दीप लिम्बूलगायतको टोली रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation