कालिदास बाबाको घोषणा : नेपाललाई हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छु

  • भारतका प्रसिद्ध धर्मगुरु कालिदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेपालका नेताहरु ले पशुपतिमा गएर चन्दन लगाउने र संसदमा गएर धर्मनिरपेक्षताको माग अस्वाभाविक भएको बताएका छन् ।
    मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरु आफूलाई भेट्न पशुपति कोटिहोममा गएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसदमा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको जानकारी दिए ।
    उनले भने, ‘पशुपतिमा धेरै नेता वा सांसदहरु आउनुभयो । मैले उहाँहरुलाई भने यहाँ आएर चन्दन लगाएर संसदमा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’ उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिवद्धता छ ।

    उनले भने,‘आज राष्ट्रमा बिभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अतिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरु धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिरहेका छन् । मेरो पहिले पनि नेपाल आमा के भन्छिन्, हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन, गाई काट्न पाईँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुद छ । जबसम्म नेताहरुले हिन्दू राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालिबाबा नेपाललाई छाड्ने छैन् ।’
    उनले आफुले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation