नेपाल प्रिमियर लिगको घोषणा, लोगो र खेल मिति सार्वजनिक

  • नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ । सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् ।

    मंसिर १५ देखि पुस ६ गतेसम्म प्रतियोगिता हुने मिति तय गरेको क्यानले फ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ । यसअघि सोहि प्रकृतिको नेपाल टी–२० लिग आयोजना गरेको भएपनि विवादित भएको थियो ।

    आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनी भागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँ प्रतियोगिता घोषणा गरेको हो ।
    युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation