गाईजात्राले  लामो  इतिहास  बोकेको छ : मन्त्री  पाण्डे

1.01K
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्रीप्रसाद पाण्डेले गाईजात्रा नेपालीहरुको  महान्  पर्व  भएको  बताएका छन् ।  आज काठमाडौंमा आयोजना गरिएको   एक कार्यक्रमको  अवसरमा बोल्दै  मन्त्री  पाण्डेले गाईजात्राले  लामो  इतिहास  बोकेको  बताएका हुन् ।

उनले  भने, ‘गाईजात्राले  शक्तिशाली  सन्देश दिएको छ,  यो  जात्राले  लामो  इतिहास  बोकेको  हामी सबैलाई  थाहा छँदैछ, हामी नेपालीहरु विविध संस्कृति र  विभेदतापूर्ण प्रकृतिले सम्पन्न छौं ।’

साथै  उनले नेपाल  सानो  भूगोल भए  पनि विविधताले सम्पन्न भएको बताए । उनले हाम्रो संस्कृति नै  हाम्रो  पूँजी  भएको  बताए ।